माकल बालेर सुतेका कारण ३ जनाको मृत्यु भएको आशंका
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा माकल बालेर सुतेका कारण ३ जनाको मृत्यु भएको आशंका गरिएको छ । गाम्छामा ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु नगरकोटी र दुई महिने बालक मृत अवस्थामा भेटिएका हुन् ।
ढोका थुनेर बसेको र घटनास्थलमा माकल बालेको भेटिएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘दुई महिनाको बच्चा भएको कारण कोठा तातो बनाउन माकल बालेको र निसास्सिएर मृत्यु भएको हुनसक्ने हाम्रो आकलन छ ।’
ढोकामा भित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने लक सिस्टम रहेको र ढोका बन्द भएको देखेपछि मृतकका पति कान्छा नगरकोटी कार्तिक १६ बाट घरमा गएका थिएनन् । ढोका बन्द गरेर पत्नी सम्पर्कविहीन भएको भन्दै उनले प्रहरीमा खोजतलास निवेदन दिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
घटना दुइसाता पुरानो भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । घटनास्थलमा त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञहरु पनि पुगेर हेरेका छन् । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘शव गलिसकेको अवस्था छ, चिकित्सकहरूले पनि ती शव कम्तीमा दुईसाता पुरानो हुनसक्ने बताएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण