गोकर्णेश्वर घटना
श्रीमती र छोराछोरी हराएको भन्दै नगरकोटीले दिएका दिए प्रहरीमा निवेदन
बिहीबार, २९ कात्तिक २०८१, १९ : ३५
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा मृत भेटिएका आमा र दुईजना छोराछोरी हराएको भनेर प्रहरीमा खोजतलास निवेदन परेको थाहा भएको छ ।
गाम्छामा मृत भेटिएकी सिता दंगाल नगरकोटीका पति ४९ वर्षीय कान्छा नगरकोटीले खोजतलास गरिपाउँ भनेर निवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । बिहीबार मध्यान्ह साढे २ बजेतिर उनले आफ्नी पत्नी, छोरा र छोरी कार्तिक १६ बाट हराएको भनेर निवेदन दिएका हुन् ।
‘खोजी गरिपाउँ’ भन्ने निवेदन आएपछि प्रहरी खटिएर हेर्दा कोठामा ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु नगरकोटी र दुई महिनाका छोरा मृत अवस्थामा भेटिएका हुन् । घट्नाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण