दुई खेलअघि नै इङ्ल्यान्डले शृङ्खला जित्ने पक्का, इन्डिजलाई तीन विकेटले हरायो
काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जित्ने पक्का भएको छ । इङ्ल्यान्डले शुक्रबार बिहान सम्पन्न तेस्रो टी–२० अन्तर्राष्ट्रियमा घरेलु टोली वेस्ट इन्डिजलाई तीन विकेटले हरायो ।
जितसँगै इङ्ल्यान्डले खेलमा ३–० को अग्रता लिएको छ । इङ्गल्यान्ड यसअघि खेलिएको पहिलो खेलमा आठ विकेटले र दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो । शृङ्खलाको चौथो खेल आइतबार खेलिने छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय ४९ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
इङ्ल्यान्डको जितमा साम करनले ४१ रनको योगदान गरे । उनले २६ बलमा एक छक्का र तीन चौका प्रहार गरे । लियाम लिभिङ्स्टोनले पनि टोलीका लागि ३९ रनको योगदान गरे । उनले २८ बलमा दुई छक्का र दुई चौका हिर्काए ।
ओपनर विल ज्याक्सले ३२ रन बनाए । उनले ३३ बलमा तीन चौका पनि प्रहार गरे । इङ्ल्यान्डले विजय लक्ष्य पार गर्दा जामी ओभरटन अविजित चार र रेहन अहमद अविजित पाँच रन बनाउँदै क्रिजमा रहेका थिए ।
वेस्ट इन्डिजका बलर अकेल होसैनले चार विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चिए । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोभमन पोवेलले ५४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
कप्तान पोवेलले ४१ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए । ३१ वर्षीय पोवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सातौँ अर्धशतक हो । क्यारेबियन टोलीका लागि रोमारियो सेफर्डले पनि ३० रन बनाएका थिए ।
अल्जारी जोसेफ भने २१ रनमा अविजित रहे । उनले केवल १९ बलमा तीन चौका पनि प्रहार गरे । इङ्ल्यान्डका बलर सकिब महमुद र जामी ओभरटनले तीन–तीन विकेट लिए । सकिब महमुद प्लेयर अफ दि म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण