दुई खेलअघि नै इङ्ल्यान्डले शृङ्खला जित्ने पक्का, इन्डिजलाई तीन विकेटले हरायो

काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जित्ने पक्का भएको छ । इङ्ल्यान्डले शुक्रबार बिहान सम्पन्न तेस्रो टी–२० अन्तर्राष्ट्रियमा घरेलु टोली वेस्ट इन्डिजलाई तीन विकेटले हरायो ।
जितसँगै इङ्ल्यान्डले खेलमा ३–० को अग्रता लिएको छ । इङ्गल्यान्ड यसअघि खेलिएको पहिलो खेलमा आठ विकेटले र दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो । शृङ्खलाको चौथो खेल आइतबार खेलिने छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय ४९ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
इङ्ल्यान्डको जितमा साम करनले ४१ रनको योगदान गरे । उनले २६ बलमा एक छक्का र तीन चौका प्रहार गरे । लियाम लिभिङ्स्टोनले पनि टोलीका लागि ३९ रनको योगदान गरे । उनले २८ बलमा दुई छक्का र दुई चौका हिर्काए ।
ओपनर विल ज्याक्सले ३२ रन बनाए । उनले ३३ बलमा तीन चौका पनि प्रहार गरे । इङ्ल्यान्डले विजय लक्ष्य पार गर्दा जामी ओभरटन अविजित चार र रेहन अहमद अविजित पाँच रन बनाउँदै क्रिजमा रहेका थिए ।
वेस्ट इन्डिजका बलर अकेल होसैनले चार विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चिए । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोभमन पोवेलले ५४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
कप्तान पोवेलले ४१ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए । ३१ वर्षीय पोवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सातौँ अर्धशतक हो । क्यारेबियन टोलीका लागि रोमारियो सेफर्डले पनि ३० रन बनाएका थिए ।
अल्जारी जोसेफ भने २१ रनमा अविजित रहे । उनले केवल १९ बलमा तीन चौका पनि प्रहार गरे । इङ्ल्यान्डका बलर सकिब महमुद र जामी ओभरटनले तीन–तीन विकेट लिए । सकिब महमुद प्लेयर अफ दि म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु