अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
शुक्रबार, ३० कात्तिक २०८१, १३ : ४३
काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले पनि कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन् ।
सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थपेको हो । यो सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेत रहेका छन् ।
यसअघि यो सूचीमा नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति र रथी तथा प्रहरीका महानिरीक्षकसम्म समावेश थिए ।
संशोधनले विशेष अवस्थामा साधारण तथा अस्थायी पासपोर्ट दिने व्यवस्थामा समेत संशोधन गरेको छ । विभिन्न कारणले देशमा राहदानी हराएमा वा नासिएमा वा अन्य कारणले जारी गरिने एकतर्फी यात्रा अनुमतिपत्रको अवधि ५ महिना कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण