गहना चोरीको आरोपमा दुई जना पक्राउ
हेटौंडा । सुनको गरगहना चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ घर भई हेटौँडा ४ भैरवरोडमा डेरा गरी बस्ने २४ वर्षीय मनोज पुलामी मगर र हेटौँडा ७ नागस्वतीस्थित शिवशक्ती सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मा रहेका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले पुलामिले हेटौँडा ८ कमानेका सन्तोष अधिकारीको घरबाट ७ कार्तिकमा सुनका गरगहना र मोबाइल चोरी गरेको बताए ।
सुन चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा पक्राउ परेका पुलामिले चोरीका गहना विश्वकर्मालाई बेचेको बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । पुलामिले अधिकारीको घरबाट ३.५ तोला सुन र ५ तोला चाँदीका झुम्का, मंगलसुत्र, पाउजु लगायतका गहना चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण