भालुको आक्रमणबाट एक जनाको मृत्यु
शनिबार, ०१ मङ्सिर २०८१, १२ : २२
सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन् ।
आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो । शुक्रबार गोपिलालसहित ७र८ जना बाख्रा खोज्न जंगल पुगेका थिए ।
सोही क्रममा भालुले गोपिलालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेर उनको गर्दनको हड्डी र हातको नाडी भाँचिन पुगेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण