१३ पदमा एकीकृत समाजवादीले टुङ्ग्यायो उम्मेदवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि १३ पदमा उम्मेदवार टुङ्गो लगाएको छ । शनिवार दिउँसोसम्म एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र १० वडाध्यक्ष पदम उम्मेदवार टुङ्गो लगाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
उनले सिफारिस भएर आउने क्रम जारी रहेकाले भोलि बिहानसम्म सबै उम्मेदवार टुङ्गो लागिसक्ने जानकारी दिए । भट्टराईका अनुसार कोशी, मधेस, बागमती र सुदूरपश्चिममा १३ पदमा उम्मेदवारी टुङ्ग्याएको हो ।
कोशी–
१.मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष– दिलबहादुर विश्वकर्मी
२.सुनसरीको गढी गाउँपालिका वडा नं ६ वडाध्यक्ष– डोमी उराव
३.उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष– निर्मला चौधरी
मधेस–
४.धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ वडाध्यक्ष– गोपाली साह
५. रौतहटको गढीमाई नगरपालिका वडा नं ८ वडाध्यक्ष– वजरंगीप्रसाद यादव
६. रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ वडाध्यक्ष– सदरे आलम
बागमती–
७.नुवाकोटको ककनी गाउँपालिका वडा नं २, वडाध्यक्ष– मानबहादुर लामा
८.मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२,वडाध्यक्ष– बलराम बल
९.दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष– रविना खड्का
१०.काठमाडौँ महानगरपालिका १६ वडाध्यक्ष– मीनबहादुर मानन्धर
११.कीर्तिपुर नगरपालिका ४, वडाध्यक्ष– रिता खड्का
सुदूरपश्चिम–
१२.बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष– जवा शाही
१३.कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६, वडाध्यक्ष– जीतेन्द्र चन्द्र
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण