झापामा दुई जनासहित ४ जना मृत फेला
शनिबार, ०१ मङ्सिर २०८१, १६ : ४३
काठमाडौँ । झापासहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- झापा, मेचीनगर नगरपालिका-८ नमुना टोल बस्ने ४१ वर्षीय केशव दर्जी सोही नगरपालिका-६ मङगलटोलस्थित कालिखोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी झापा गाउँपालिका-४ खयरबारी बस्ने ६५ वर्षीय गणेश बहादुर खत्री सोही गाउँपालिका-१ स्थित माईखोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २८ गते दिउँसो घरबाट हिँडेका उनी घर फर्किनआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- सर्लाही, कबिलासी नगरपालिका-५ पचगछिया बस्ने ६५ वर्षीय रामअधिन राय आफ्नै घर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-४ स्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण