कमजोर संरचनाले आर्थिक र मानवीय क्षति बढाउँछ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कमजोर संरचनाले आर्थिक र मानवीय दुवै प्रकारका क्षति बढाउने बताएका छन् । भौतिक संरचनाहरू निर्माण गर्दा आवश्यक अध्ययन र पूर्व तयारी नगर्दा कमजोर र गुणस्तरहीन संरचना बन्ने खतरा रहेको समेत उनले बताए ।
नेपाल अटोमोवाईल्स एसोसिएसन (नाटा) ले शनिवार काठमाडौँमा सम्पन्न गरेको ‘सुरक्षित र दिगो गतिशीलता’ विषयक युवा सम्मेलन समापन समारोहमा उनले आर्थिक र मानवीय क्षति कम गर्न दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।
सडक सुरक्षाको सवाल विश्वव्यापी रूपमा चुनौती बनिरहेको उल्लेख गर्दै नेपाल सरकारले पनि यसतर्फ ध्यान दिएको स्पष्ट पारे । मन्त्रालय अन्तर्गत रहेको सडक सुरक्षा परिषद्लाई क्रियाशील बनाउन आफूले प्राथमिकता दिएको उल्लेख गर्दै उनले सडक सुरक्षा ऐनलाई समेत आगामी संसदमा लैजाने तयारी गरिएको जानकारी दिए ।
सडक सुरक्षाका लागि कानुनी, नीतिगत र संरचनागत विकासका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक काम समेत भइरहेको बताए।
सम्मेलनमा देशका विभिन्न स्थानका युवाहरूको सहभागिता रहेको संस्थाका अध्यक्ष दशरथ रिसालले जानकारी दिए । सोही सम्मेलनले १६ बुँदे काठमाडौँ घोषणा पत्र समेत सार्वजनिक गरेको छ । कार्यक्रम समापन समारोहमा संस्थालाई योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण