डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
त्रिवेणी । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका–५ स्थित डिग्रे शाइकुमारी भगवतीदेविको मन्दिर परिसरमा भव्य मेला लागेको थियो ।
यो वर्ष एकादशीदेखि पूर्णिमासम्म एक लाख बढी दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए ।
एकादशीदेखि पूर्णिमासम्म मन्दिरमा पूजापाठ गर्नेदेखि अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्ति डिग्रे पुगेको समितिले जनाएको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिमसहित छिमेकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङलगायतका छिमेकी देश भारतबाट दर्शनार्थीहरू आएका थिए ।
डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्नुका साथै बोकाको बलिसमेत चढाउन मिल्छ । वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । यस वर्ष भने तिथि घटबढका कारण चार दिन विशेष मेला लागेको थियो ।
‘‘एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शनसहित बलि चढाउन मिल्छ, एकादशीदेखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गरेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले भने । उनका अनुसार लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिन्छ ।
मेला सकिए पनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर विवरण सङ्कलनको काम जारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ ।
मुसिकोट नगरपालिकाले हरेक वर्ष मेलाका अवसरमा एक दिन स्थानीय बिदा दिने गरेको छ । डिग्रे मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण