कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त
सुर्खेत । कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा.केशर ढकाल नियुक्त भएका छन् । शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो ।
डा.ढकाल अस्पतालमै कन्सलटेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुख रुपमा कार्यरत थिए । उनी ११ औँ तहका डाक्टर हुन् ।
निर्देशकका लागि सामाजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको गरी दुई जनाको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।
थापा सङ्घबाट कामकाजमा खटिएका डाक्टर हुन् भने ढकाल प्रदेशमै समायोजन भएका डाक्टर हुन् । शनिवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई नियुक्त गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
वीरेन्द्रनगर निवासी ढकाल नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजक हुन् । यसअघि निर्देशकका रूपमा रहेका डाक्टर डम्बर खड्काको अवकाश भएसँगै निर्देशक पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण