नेसन्स लिग फुटबलमा जर्मनीको कीर्तिमानी जित
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्मनले प्रतिद्वन्द्वीविरुद्ध गोल वर्षा गरेको छ । जर्मनीले आफ्नो पछिल्लो खेलमा बोस्निया–हर्जगोभिनामाथि ७–० गोलको विशाल अन्तरको जित हासिल गर्यो ।
नेसन्श लिग फुटबलमा जर्मनीले हासिल गरेको यो कीर्तिमानी जित हो । नेसन्स लिग फुटबलको ६ वर्षको इतिहासमा विपक्षीको पोष्टमा सात गोल गर्ने जर्मनी पहिलो राष्ट्र हो । जर्मनीको जितमा काई हाभर्जले पनि एक गोलको योगदान गरे ।
जर्मनीका लागि टिम क्लेइन्डिएन्स्ट र फ्लोरियन विट्र्जले दुई–दुई गोलको योगदान गरे । खेल सुरु भएको दोस्रो मिनेटमै जर्मनीका लागि जमाल मुसियालाले पहिलो गोल गरेका थिए । २३औँ मिनेटमा टिमले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
निर्धारित समयको ३७औँ मिनेटमा काई हाभर्जले तेस्रो गोल थपेका थिए । फ्लोरियनले ५०औँ र ५७औँ मिनेटमा टोलीका लागि लगातार चौथो र पाँचौँ गोल गरे । निर्धारित समयको ६६औँ मिनेटमा परिवर्तित खेलाडी लेरोय सानेले जर्मनीलाई ६–० गोलले अगाडि बढाएका थिए ।
घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलको ७९औँ मिनेटमा टिमले टोलीका लागि सातौँ गोल गरेका थिए । जर्मनी यसअघि नै नेसन्श लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । यो हारपछि बोस्निया–हर्जगोभिना नेसन्श लिगको दोस्रो श्रेणीमा खस्कने पक्का भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण