मेयर कप ब्याडमिन्टन प्रतियोगिता मंसिर तेस्रो साताबाट
काठमाडौँ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८१ मंसिर १८ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको यो तेस्रो संस्करण हो ।
सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० वरीयता बाहेक), यू–१७ ब्वाइज र गल्र्स तथा मास्टर (४५ वर्षमाथि) युगल गरि ६ बिधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीले खेलका आधारमा वरीयता अंक प्राप्त गर्नेछन् ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगलतर्फका विजेताले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद २० हजार र तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
यू–१७ तर्फ ब्वाइज तथा गल्र्स एकलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । मास्टर ४५ स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ हात पार्नेछन् ।
चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरबाट करिव तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । करिव ३१ लाख रुपैयाँ अनुमानित लागत रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीले दर्ता शुल्क बापत पुरुष र महिला एकलका लागि एक हजार, पुरुष युगलका लागि दुई हजार, यू–१७ का लागि पाँच सय तथा मास्टर्स स्पर्धाका लागि दुई हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको जानकारी आयोजक संस्थाका सचिव रदीप महर्जनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण