७ लाख ३६ हजार क्विन्टल धान खरिद गर्न साढे दुई अर्ब बजेट
३७ हजार क्विन्टल धान खरिद सकियो
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ०३
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म ३७ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । यो वर्ष कम्पनीले ७ लाख ३६ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ । जसका लागि २ अर्ब ५६ करोड बजेट छुट्याइएको छ ।
खाद्य कम्पनीका १३ वटा कार्यालयबाट देशैभर २५ जिल्लाका किसान र कृषि सहकारीबाट धान खरिद गरिने कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए ।
उनका अनुसार यी कार्यालयले स्थानीय सरकारसँग समन्वय गरेर धान खरिद गरिने भएको छ ।
पोखरामा जेठोबुढो धान र जुम्लामा मार्सी धान र बाँकी २३ जिल्लाबाट मोटा र मध्यम जातको धान खरिद गरिने छ ।
यस्तै यो वर्ष कम्पनीले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण