साझा उम्मेदवार भएकाले मैले चुनाव जित्छु : माओवादीका उम्मेदवार महर्जन
काठमाडौँ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाको मेयर पदका उम्मेदवार शिवशरण महर्जनले आफू साझा उम्मेदवार भएकाले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आइतबार उम्मेदवारी दर्ता गरेलगत्तै उनले सो कुरा बताएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारले १८ महिनाको अवधिमा सुशासन, सामाजिक न्याय र आर्थिक सम्बृद्धिका पक्षमा चालेका कदमका कारणले माओवादीले मात्र काम गर्न सक्छ भन्ने जनतामा सकारात्मक सन्देश गएका कारण पनि कीर्तिपुरमा आफूले जित्ने उनको दाबी छ ।
विभिन्न टुक्रामा विभाजित माओवादी आन्दोलन एक हुने क्रम चलेका कारणले पनि कीर्तिपुरमा माओवादीले जित्ने अर्को आधार भएको उनको दाबी छ ।
आइतबार नगरपालिकाको कार्यालयमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै सो नगरपालिका वडा नम्बर ४ मा माओवादीका नारायण विष्टले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर १ मा सरल गोपाल महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने घोषणा गरेका छन् ।
उम्मेदवारी दर्तापछि सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो धेय रहेको भन्दै माओवादी उम्मेदवार महर्जनले आफू निर्वाचित भए कीर्तिपुरको चौतर्फी विकासका लागि काम गर्ने बताए ।
‘साथसाथै पर्यटन विकासका लागि कीर्तिपुरमा नेटवर्किङ विस्तार गर्नेछु, सुख्खा बन्दरगाह र हेटौँडा जोड्ने बाटोका लागि पहल गर्नेछु’, महर्जनको भनाइ छ । उनले समाजवादीको समेत समर्थन गर्ने भएकाले कीर्तिपुरमा आफूसँग बल थपिँदै गएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण