रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण
किभ । गए राति रुसले युक्रेनका कयौँ स्थानमा मिसाइल र ड्रोनहरूले आक्रमण गरेको थियो । सेप्टेम्बरयता युक्रेनमा रुसले गरेको यो सबैभन्दा ठुलो हमला भएको बताइएको छ ।
यस हमलामा रुसले फेरि युक्रेनको जेनेरेटर र प्रसारण स्टेशनहरूजस्ता ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ । युक्रेनको दक्षिणमा अवस्थित मिकोलेभ सहर यस आक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक भएको छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार यस आक्रमणमा दुई महिलाको मृत्यु भएको छ ।
आक्रमणमा दुई बालबालिकासहित अरू ६ जना घाइते भएको पनि बताइएको छ । आइतबार बिहान धेरै ड्रोन आक्रमण भएको मिकोलेभका गभर्नर भितालीय किमले बताएका छन् । आगलागीका कारण आवासीय भवन, अग्लो भवन, कार, सपिङ सेन्टर र अन्य पूर्वाधारमा क्षति पुगेको पनि उनले बताए । युक्रेनको राजधानी किभमा पनि क्षेप्यास्त्र र ड्रोन रोकिएको थियो । यसको टुक्रा धेरै ठाउँमा खसेको तर कोही पनि घाइते भएको खबर भने नआएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण