अध्यक्ष नेपाल र रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेईबीच भेटवार्ता
आइतबार, ०२ मङ्सिर २०८१, २३ : १४
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर) का अध्यक्ष सर्गेई मालिन्कोबिच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा एकापसमा सहकार्य तथा सहयोग आदानप्रदान, दुवै मुलुकको राजनीतिक, आर्थिक विकास, सामाजिक रूपान्तरण, सांस्कृतिक आदानप्रदानलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।
भेटवार्तामा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, विदेश विभाग सचिव डा. खतिवडालगायत नेताको सहभागिता रहेको थियो । एकीकृत समाजवादीको विदेश विभागको निमन्त्रणामा साताव्यापी नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले रुस भ्रमणको निमन्त्रणासमेत दिएको विदेश विभाग सचिव डा.खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण