अध्यक्ष नेपाल र रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेईबीच भेटवार्ता
आइतबार, ०२ मङ्सिर २०८१, २३ : १४

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर) का अध्यक्ष सर्गेई मालिन्कोबिच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा एकापसमा सहकार्य तथा सहयोग आदानप्रदान, दुवै मुलुकको राजनीतिक, आर्थिक विकास, सामाजिक रूपान्तरण, सांस्कृतिक आदानप्रदानलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।
भेटवार्तामा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, विदेश विभाग सचिव डा. खतिवडालगायत नेताको सहभागिता रहेको थियो । एकीकृत समाजवादीको विदेश विभागको निमन्त्रणामा साताव्यापी नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले रुस भ्रमणको निमन्त्रणासमेत दिएको विदेश विभाग सचिव डा.खतिवडाले जानकारी दिए ।