कालिकोट अस्पतालले टिनको टहराबाट सेवा दिनुपर्ने बाध्यता हट्यो
सुर्खेत । जिल्ला अस्पताल कालिकोटले सुविधा सम्पन्न भवन पाएको छ । लामो समयदेखि स–साना टिनका टहराबाट सेवा प्रवाह गर्दै आएको अस्पतालको सोमबार नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन गरिएको हो । योसँगै टिनको टहराबाट सेवा दिनुपर्ने बाध्यता पनि हटेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सदरमुकाम मान्माका रहेको उक्त भवनको उद्घाटन गरेका हुन् । प्रदेश सरकारबाट झण्डै २६ करोड लागतका ५० शय्याको उक्त भवन बनेको हो ।
०४७ मा हेल्थ सेन्टरको रूपमा स्थापना भएको अस्पताल पछि जिल्ला अस्पतालमा परिणत हुँदै अहिले ३० शय्याको सेवा दिइरहेको छ । अहिले नयाँ बनेको भवनले ५० शय्याको सेवा दिन सकिने छ ।
कालिकोट, अछाम र बाजुराका केही स्थानीय तहका गरी २ लाखभन्दा बढी जनसङ्ख्यालाई सेवा दिँदै आएको कालिकोट जिल्ला अस्पतालमा अहिले सिटी स्क्यान मेसिन भने छैन ।
युएसजी मेसिन पुरानो भइसकेको छ । जसले थ्रिडी र फोरडी अल्ट्रा साउण्ड नहुँदा जटिल सुत्केरीको अवस्था पत्ता लगाउन समस्या भएको अस्पतालका कर्मचारी बताउँछन् ।
तीन विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि अहिले यहाँ विशेषज्ञ डाक्टर छैनन् । ४ जना मेडिकल अधिकृतसहित ४८ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पताल प्रमुख डाक्टर भीष्म पोखरेलले बताए ।
भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन बनेको बताउँदै भवनले समृद्धि देखाए पनि यसको स्याहारसुसार र निरन्तरताका लागि मेहनत गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण