रुकुम पश्चिममा श्रीमतीद्वारा श्रीमानको हत्या
मङ्गलबार, ०४ मङ्सिर २०८१, ०९ : २१
सुर्खेत। रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।
प्रहरीका अनुसार दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । गएराति अन्दाजी २ः३० बजे घरायसी विवादको कारण दीपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मृतकका छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक दीपेन्द्र रावलले दीपालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण