गोरखाबाट सुरु भयो फिल्म ‘रिमै’को छायांकन
काठमाडौँ । खिल बहादुर गुरुङको निर्देशन रहने फिल्म ‘रिमै’को छायांकन सुरु भएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए ।
फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका थिए । अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा फिल्मको छायांकन हुनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुति र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।
वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माताको रूपमा रहेका छन् । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीले छायांकन रहने फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो
-
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
-
वन तस्करीमा बरामद सवारी साधन लिलामी गरिँदै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण