इजिप्टको ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व आयुष्नोभाले गर्ने
काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुंगानाले गर्ने भएकी छन् । शर्म अल शेखमा नोभेम्बर २१देखि आयोजना हुने प्रतियोगीताका लागि उनी केही दिनपछि इजिप्ट उड्नेछिन् ।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगिताको उनी नेपालको एक्लो प्रतिनिधि हुन् । प्रतियोगीताका लागि उनले राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउनेछिन् ।
‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस भएको ढुंगानले बताइन् । ताज नेपाल ल्याउने उद्देश्यसहित आफू प्रतियोगितामा सहभागी हुन लागेको उनको भनाई छ ।
‘प्रतियोगीताका लागि तयारी राम्रो गरेको छु’, ढुंगानाले भनिन् ‘नेपालको नाम उचो गरेर फर्किन्छु ।’ प्रतियोगितामा जीतका लागि सबैको नेपालीको शुभकामना र शुभेच्क्षाको अपेक्षा आफूले राखेको उनले सुनाइन् ।
प्रतियोगीताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्राकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरन लगायतका कलासंस्कृति समेत झल्काएकी छन् ।
‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि विजेता समेत रहेकी डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण