बिहे गरेको २९ वर्षपछि एआर रहमानले गरे सम्बन्ध विच्छेद
नयाँ दिल्ली । ओस्कार विजेता भारतीय संगीतकार एआर रहमान र उनकी पत्नी सायरा बानूले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् । बिहे गरेको २९ वर्षपछि यो जोडीले अलग्गिने निर्णय गरेका हुन् । यी दुबैको वकिलले नोभेम्बर १९ मा एउटा विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका थिए । भावनात्मक तनावका कारण अलग हुन लागेको विज्ञप्तिमा भनिएको छ ।
‘बिहे गरेको यतिका वर्ष पछि सायरा र उनको पति एआर रहमानले एकअर्कासँग अलग हुने कठोरतम् फैसला गरेका छन् । सम्बन्धमा भावनात्मक तनावका कारण दुबै जना यो निर्णयमा पुगेका हुन् ।’ विज्ञप्तिमा चर्चित वकिल वंदना शाहले भनेकी छिन् । एक अर्काप्रति प्रेम हुँदाहुँदै पनि दुबैको सम्बन्धमा तनाव भएको पनि भनिएको छ । अप्ठ्याराहरू यसरी बढेर दूरी मेटिनै असम्भव भएको र दुई मध्ये कोही पनि यो दूरी घटाउन सक्षम नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एआर रहमानले मंगलबार आधी रातमा आफ्नो एक्स एकाउन्टमा यसको जानकारी दिएका थिए । ‘हामीले बिहेको शानदार ३० वर्ष पार गर्ने आशा गरेका थियौं तर यस्तो लागिरहेको छ कि सबै कुराको अदृश्य अन्त्य हुन्छ । यहाँसम्म कि टुक्रिएको हृदयको बोझले भगवानको सिंहासन पनि हल्लिन्छ । तैपनि यस्तो विखण्डनमा हामी पनि हाम्रो अर्थ खोजिरहन्छौं, भलै टुक्राहरूले आफ्नो पुराना ठाउँ नपाउन् ।’
समाचार एजेन्सी पीटीआईका अनुसार सायरा बानोले अलग भएको घोषणा गरेपछि दुवैको संयुक्त विज्ञप्ति आएको थियो । विज्ञप्तिमा सायरा र रहमानले छुट्टिने निर्णय दर्द र पीडाले भरिएको बताएका छन् । जीवनको यो कठिन चरणबाट बाहिर निस्कन सकियोस् भन्दै उनीहरूले अरु मानिसलाई आफ्नो गोपनीयताको सम्मान गरिदिन अनुरोध गरेका छन् । सायरा बानो र एआर रहमानले सन् १९९५ मा बिहे गरेका थिए । यी दुईको एक छोरा र दुई छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण