हमास नेताले छाडे कतार, कार्यालय स्थायी बन्द हुन बाँकी
बुधबार, ०५ मङ्सिर २०८१, ११ : ०२
कतार । गाजाबाहिर हमासका सबैभन्दा वरिष्ठ नेता र यसका वार्ता टोलीका अन्य प्रमुख व्यक्तिहरू अब दोहामा छैनन् । कतार सरकार र वरिष्ठ प्यालेष्टिनी अधिकारीहरूले यस्तो बताएका हुन् ।
गाजामा युद्धविराम सम्झौताको वार्तामा कतारले मध्यस्थता स्थगित गरेपछि कतारमा हमासको कार्यालयले काम गर्न छाडेको कतारी विदेश मन्त्रालका प्रवक्ताले भनेका छन् । यद्यपि, कार्यालय स्थायी रूपमै बन्द भने नभएकोमा उनले जोड दिएका छन् ।
आश्रय दिने देशलाई अप्ठ्यारो नहोस् भनेर हमासका वार्ताकारहरूले आफू बसेको स्थान गोप्य राखेको प्यालेष्टिनी अधिकारीहरूले बीबीसीलाई भनेका थिए । कतारले हमासलाई औपचारिक रूपमै देश छाड्न भनेको चाँहि ती अधिकारीले अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण