बैंकमा पैसा धेरै भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक
बुधबार, ०५ मङ्सिर २०८१, ११ : ०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ ।
यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन् ।
यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि उठाउने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण