राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०.१५ प्रतिशतले बढेको छ । वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको छ । असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानीको अंश ८९.२३ प्रतिशत छ । यसमा गोल्ड सर्टिफिकेटसमेत जोडिएको छ । त्यस्तै ६.३७ प्रतिशत नगद तथा नगद तथा बैंक मौज्दात र अन्य सम्पत्तिको अंश ४.४१ प्रतिशत छ ।
अघिल्लो आवको तुलनामा गत आव २०८०.८१ मा राष्ट्र बैंकले ३७.८० प्रतिशतले लगानी वृद्धि गरेको छ । यसअनुसार गत असारसम्म राष्ट्र बैंकले १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । राष्ट्र बैंकसँग गत असारमा १ खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात छ ।
आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा १९.९० प्रतिशतले वृद्धि भई ८० अर्ब २४ करोड ४७ लाख कायम भएको छ । सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९८.८४ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.३२ प्रतिशत ऋणात्मक र अन्य संचालन आम्दानीको अंश १.४८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण