स्थानीय तह उपनिर्वाचन
पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएको औपचारिक घोषणा
बुधबार, ०५ मङ्सिर २०८१, १४ : ४४
काठमाडौँ । रुकुम –पूर्वी भाग) को पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएको औपचारिक घोषणा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादी केन्द्रका यम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
‘रुकुम (पूर्वी भाग) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला भएका माओवादी केन्द्रका जगत घर्तीमात्र उम्मेदवार कायम भएकाले स्थानीय निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’, मुख्य निर्वाचन अधिकृतले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि आइतबार उम्मेदवारी दर्ता गराएका एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएसँगै घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण