पुथा उत्तरगंगा–२ मा एमालेले उम्मेदवारी फिर्ता लिएको विषयमा माओवादी र एमालेको आ–आफ्नै दाबी
काठमाडौँ । नेकपा एमालेका नेताले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ का वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित नभई दबाबमा घोषणा गरेको आरोप लगाएका छन् ।
कांग्रेस एमालेका साझा उम्मेदवार जीवन रोकाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेताहरूले दाबी गरेका थिए । उम्मेदवारी फिर्ता लिएको विषयमा एमालेका जिल्ला इन्चार्ज लीलानाथ गौतमले उम्मेदवारी फिर्ता पार्टीको नीति विपरीत भएको बताएका छन् ।
‘उम्मेदवारी फिर्ता लिएको विषय थाहा भएको छ । हामी टाढा छौँ । तर उहाँ (जीवन रोका) ले दबाबका कारण उम्मेदवारी फिर्ता लिएको भनेका छन् । उहाँले फिर्ता लिएको भए कारबाही हुन्छ । हामी अहिले निर्वाचनको अभियानमै छौँ’, रातोपाटीसँग गौतमले भने ।
तर माओवादीका नेताले सहमतिमै उम्मेदवारी फिर्ता लिएको दाबी गरेका छन् । लुम्बिनी प्रदेशका अध्यक्ष रहेका अध्यक्ष सुदर्शन बरालले वामपन्थीबिच सहकार्य गर्ने प्रस्ताव आफूले राखेको यसमा एमालेका स्थानीय नेताहरूले समर्थन गरेको दाबी गरेका छन् ।
‘गाउँपालिकाको उपाध्यक्षमा रुख चिन्ह भइसकेपछि कम्तीमा वामपन्थी एक ठाउँमा उभिनुपर्छ, वामहरूबिच सहकार्य गर्नका लागि वातावरण बनाउन हामीले प्रस्ताव गर्यौँ । हाम्रो प्रस्ताव एमालेका स्थानीय साथीहरूले स्वीकार गर्नुभयो’, बरालले भने, ‘एमालेको तर्फबाट रुख चिन्ह लिइसकेपछि राजनीतिक रूपमा पराजित अवस्थामा थियो । वाम जनमतलाई कदर गर्दै साथीहरूले उम्मेदवारी फिर्ता लिनुभयो । त्यसमा हामी खुसी छौँ ।’
अघिल्लो पटक भएको निर्वाचनमा रिक्त उपाध्यक्ष र अध्यक्ष पदमा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । योपटक कांग्रेस र एमालेबिच चुनावी तालमेल गरी उपाध्यक्ष कांग्रेस र अध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । सोहीअनुसार मङ्सिर २ गते उम्मेदवारी दर्ता गराएका थिए । आज निर्वाचन आयोगले दिउँसो ३ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण