इरानी विश्वविद्यालयमा लुगा फुकाल्ने निर्वस्त्र हुने युवतीमाथि मुद्दा नलाग्ने
तेहरान । तेहरानको एउटा विश्वविद्यालयमा आफ्नो लुगा फुकाल्ने युवतीलाई कुनै मुद्दा नचलाइने इरानी प्रशासनले भनेको छ । नोभेम्बरको सुरुमा, एक युवतीले आफ्नो लुगा फुकालेर तेहरानको आजाद विश्वविद्यालयको अनुसन्धान शाखामा प्रदर्शन गरेकी थिइन् ।
पछि उनलाई पनि हिरासतमा लिइएको थियो । प्रदर्शन गर्ने ती युवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । बीबीसी फारसी सेवाका अनुसार विरोध प्रदर्शन गर्ने युवतीको नाम आहू दरयाई थियो ।
ती युवती पक्राउ परेको भिडियो सबैभन्दा पहिला एक विद्यार्थी सङ्गठनले सार्वजनिक गरेको थियो । आहु दर्याईले हिजाब नलगाएको कारण सुरक्षाकर्मीसँग झगडा भएको र त्यसको विरोधमा उनले लुगा फुकालेको त्यो विद्यार्थी सङ्गठनले जनाएको थियो ।
इरानी न्याय विभागका प्रवक्ताका अनुसार अस्पतालमा उपचारपछि युवतीलाई परिवारको जिम्मा लगाइएको छ । आहु दरहाइएलाई हिरासतमा राखेको कुराको कैयौँ अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले विरोध गरेका थिए ।
उनलाई तत्काल रिहा गर्न माग पनि गरिएको थियो । ‘उनी बिरामी थिइन् त्यसैले उनलाई अस्पताल पठाइयो । पछि उनलाई परिवारको जिम्मा लगाइयो । उनीविरुद्ध कुनै न्यायिक मुद्दा दायर भएको छैन ।’ इरानको न्याय विभागका प्रवक्ता असगर जहाँगीरले मंगलबार एक विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण