कार्यालय समयमा अत्यासलाग्दो जाम, समयमा गन्तव्यमा पुग्नै सकस (फोटो/भिडियो)
काठमाडौँ । पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकाका मुख्य चोकमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ । धेरै सवारीसाधन र सडक साँघुरो हुँदा विशेषगरी कार्यालय समयमा धेरै जाम पर्ने गरेको छ ।
काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, कालीमाटी, भोटेबहाल, थापाथली, माइतीघर, कलङ्की, जमल, केशरमहल, खानी विभाग, सोह्रखुट्टे, बालाजु, चाबहिल, ग्वार्को, कोटेश्वर, जडीबुटी लगायतका चोकमा अत्यासलाग्दो ट्राफिक जाम हुने गरेको छ ।
राजनीतिक दल तथा विभिन्न संघ संस्थाको नारा, जुलुस निस्कँदा पनि उपत्यकामा सवारीसाधन अस्तव्यस्त हुने गरेको ट्राफिक प्रहरी बताउँछ ।
कतिपय चोकमा आकाशे पुल नहुँदा मानिसले सडकबाटै बाटो काट्दासमेत जाम हुने गरेको छ । उपत्यकामा दिनानुदिन जाम बढ्दै गए पनि यसलाई न्यूनीकरण गर्नेतर्फ भने कुनै पहल हुन सकेको छैन ।
पट्यारलाग्दो जामकै कारण समयमा कार्यालय पुग्न सास्ती हुने गरेको छ भने छरितो काममा समेत बाधा पुग्ने गरेको छ ।
बिहीबार कार्यालय समयमा काठमाडौँको सिंहदरबारदेखि ललितपुरको जावलाखेलसम्म पनि त्यस्तै पट्यारलाग्दो दृश्य देखियो । पट्यारलाग्दो उक्त जामको अवस्थाको तस्बिर र भिडियोमा हेर्नुहोस्-
_W85uRDJ0au.jpg)
_mxvKRpsUB6.jpg)
_Jp0E4MdASW.jpg)
_NwoutG4OMr.jpg)
_pYvJoMVkZs.jpg)
_Ot9t24lHFW.jpg)
_TkEHqDFAzL.jpg)
_73UchaNZIp.jpg)
_M37JkaW9PI.jpg)
_zCz2uCdQHN.jpg)
_XUToT9r0a4.jpg)
_SX6slIb00n.jpg)
_ZZa8YXRgUo.jpg)
_SlbZDu7y6N.jpg)
_PDQ3DjJAmQ.jpg)
_NKLoJLKSdz.jpg)
_pbcUH55CiV.jpg)
_l6fdnglqSI.jpg)
_0lE6k5HAwY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण