भाइले गरे ५६ वर्षीय पुरुषको हँसिया प्रहार गरी हत्या
बिहीबार, ०६ मङ्सिर २०८१, १४ : ००
दैलेख । दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या भएको छ। भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भुवनसिंहले आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले भुवनसिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण