भाइले गरे ५६ वर्षीय पुरुषको हँसिया प्रहार गरी हत्या
बिहीबार, ०६ मङ्सिर २०८१, १४ : ००

दैलेख । दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या भएको छ। भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भुवनसिंहले आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले भुवनसिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन