निखिल र वर्षाको ‘महागठबन्धन’ बन्ने
बिहीबार, ०६ मङ्सिर २०८१, १६ : ०५
काठमाडौँ । सुवर्ण थापाको निर्देशनमा फिल्म ‘महागठबन्धन’ बन्ने भएको छ । देशको समसामयिक परिस्थितिको कथामा निर्माण हुने फिल्मको स्क्रिप्ट ब्रजेश खनालले लेखिरहेका छन् ।
फिल्मको मुख्य भूमिकामा अभिनेता निखिल उप्रेती र वर्षा शिवाकोटी देखिनेछन् । फिल्ममा कलाकार निर्मल शर्माको समेत महत्त्वपूर्ण भूमिका रहनेछ । फिल्मका अन्य कलाकार तथा प्राविधिक पक्षका बारेमा केही समयपछि विस्तृत जानकारी गराइने फिल्मको निर्माण पक्षले जनाएको छ ।
फिल्मको कथा तथा संगीत निर्देशक संगीत रत्न शम्भूजीत बासकोटाको रहने छ । फिल्म केही महिनापछि फ्लोरमा जाने तयारी भइरहेको संगीत निर्देशक बासकोटाले बताए । बासकोटाका अनुसार फिल्मले देशको वास्तविक अवस्था तथा हालको परिस्थितिलाई सन्देश मूलक हिसाबले प्रस्तुत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण