लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
बुटवल । लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा लुम्बिनी विकास कोषले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको हो ।
बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गुम्बाको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष लामाले लुम्बिनीमा ठुलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरूका लागि गौरव भएको बताए । उनले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए ।
यस्तै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरूको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले लुम्बिनीमा विहारहरू निर्माण हुनेले बौद्ध पर्यटनमा ठुलो टेवा पुर्याउने बताए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन खान, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनको सहभागिता रहेको थियो ।
विहार उद्घाटन अघि मङ्सिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मङ्गल ज्ञान बर्सात नाम शुद्धि स्नानद्वारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्य मुनी बुद्धको साधना सोह स्थविरको स्तुति एवं पूजन गरिएको विहारका प्रमुख रिन्पोछे ग्यालजोनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण