गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
काठमाडौँ । पशु अधिकारकर्मीले गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण गराएका छन् । शुक्रबार पशुबली निरुत्साहनका लागि सर्वोच्च अदालतबाट जारी भएको आदेश कार्यान्वयन सम्बन्धी छलफल गरी गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण गराएका हुन् ।
पशुकल्याण अभियन्ता, कानुन व्यवसायी, सरकारी अधिकारीहरूबिच छलफल गरी पशुबली निरुत्साहनको लागि पहल गरिएको हो । पशु कल्याण अभियन्ता स्नेह श्रेष्ठले पशु क्वारेनटाइन बलियो बनाउन आवश्यक रहेको बताइन् । योसँगै जनचेतनामूलक स्थानीय भाषाको सूचना प्रवाह गर्न उनले सुझाइन् । पशु बलीको सट्टामा रकम दिएर पनि भाकल पूरा गर्न सकिने स्थानीय तहले निर्णय समेत गरेको उनले बताइन् । उनका अनुसार राँगाको बलीको सत्तामा आठ हजार, बोकाको सत्तामा ४ हजार र परेको सत्तामा ३ सय रुपैयाँ मन्दिरमा चढाउन सकिने बताइन् ।
पशु क्वारेन्टाइनका अधिकारी डा. मोहनाथ गौतमले पशु स्वास्थ्य परीक्षणको लागि पहल गरिएको बताएका छन् । उनले मंसिर २३ र २४ गते दुई दिन पशु दिने भएकाले त्यो तीन दिन अगाडि नै पशु स्वास्थ्य परीक्षणका लागि पशु स्वास्थ्य चिकित्सक खटाइने, बली दिएका पशुको उपयुक्त व्यवस्थापन गरिने, शंकास्पद पशुको थप स्वास्थ्य परीक्षणका लागि स्थानीय निकाय तथा पशु स्वास्थ्य केन्द्रसँग समन्वय गरिने बताए । सो मेलामा स्वास्थ्य शिविर सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताए ।
मंसिर १ गतेदेखि गढीमाई मेला जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण