बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला

बिहीबार, २५ असार २०८३, १७ : ४९
बिहीबार, २५ असार २०८३

सारांश

  • काठमाडौँको धोबीखोलामा हाम फालेकी करिब ३५ वर्षीया महिलाको शव बल्खुस्थित कुमार क्लब नजिक बागमतीको किनारमा फेला परेको छ ।
  • बिहीबार दिउँसो ४ बजेतिर ती महिलाले धोबीखोलामा हाम फालेकी थिइन् ।
  • मृतकको पहिचान खुलेको छैन र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । काठमाडौँको रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी महिला मृत अवस्थामा भेटिएकी छन् । बिहीबार दिउँसो ४ बजेतिर करिब ३५ वर्षीया महिलाले धोबीखोलामा हाम फालेकी थिइन् ।

खोजतलास गर्दा उनको शव बल्खुस्थित कुमार क्लब नजिक बागमतीको किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

मृतकको पहिचान खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप