शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

शुक्रबार, २६ असार २०८३, ०६ : ००
शुक्रबार, २६ असार २०८३

सारांश

  • वि.सं.२०८३ साल असार २६ गते, शुक्रवारको दिनको राशिफल अनुसार मेष राशिलाई आत्मविश्वास बढ्ने र व्यवसाय फस्टाउने योग छ ।
  • वृष राशिलाई बनेको काम बिग्रन सक्ने र स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना छ भने मिथुन राशिलाई भौतिक सम्पत्ति जुट्ने र आम्दानीका स्रोत बढ्ने योग छ ।
  • राशिफल अनुसार आजको दिनमा केही राशिलाई स्वास्थ्यमा समस्या आउन सक्ने र केही राशिलाई यात्राको योग रहेको छ ।

वि.सं.२०८३ साल असार २६ गते । शुक्रवार । ईश्वी सन् २०२६ जुलाई १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीम्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि–एकादशी, रातको २ बजेर ३९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–भरुणी, बिहान १० बजेर २ मिनेट उप्रान्त कृतिका ।

योग–धृती, रातको १ बजेर ५८ मिनेट उप्रान्त गंड । करण–बव, दिउसो २ बजेर ४७ मिनेट उप्रान्त बालव, रातको १ बजेर ३९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मेष, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त वृष ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १६ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी २१ पला ।

आजको बार बेला 
बिहान ५ बजेर १६ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर १७ मिनेटदेखि बिहान ६ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ० मिनेटदेखि बिहान ८ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ४४ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २७ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म शुभ बेला ।
दिउसो १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५२ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ५३ मिनेटदेखि दिउसो ३ बजेर ३५ मिनेटसम्म उद्धेग बेला ।
दिउसो ३ बजेर ३६ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म चर बेला ।
बेलुकी ५ बजेर १९ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो १० बजेर २५ मिनेटदेखि दिउसो १२ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ४० मिनेटदेखि बिहान ४ बजेर २८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापार तथा वित्तीय क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । खेलकुद तथा खानपानमा समय खर्च हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । साँझपख व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहौलमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । साँझपख यात्रा हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममूखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । साझको समय राम्रो रहेकोले अध्ययन वा कामको सवलामा यात्राको योग रहेको छ । अध्ययनबाट नतिजा हात पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ ।  

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन् । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी हुनेछन् । न्यायबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सहयोगी तथा प्रतिस्र्धीहरुले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक रुपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । साँझपख सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । वंश वृद्धिको योग रहेको छ ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । व्यापार र सेयर बजारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ ।  प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप