‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
काठमाडौँ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले विपद् उत्थान पूर्वाधार निर्माण गरेर विपद्बाट हुनसक्ने जोखिम एवं क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।
जापानिज युनिर्भसिटीज् एलुम्नाई एसोसिएसन नेपाल (जुआन)द्वारा आज आयोजित ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सम्बोधन : जापान र नेपाल भोगाइ’ विषयक गोष्ठीमा उनले विपद्बाट हुनसक्ने जोखिम एवं क्षति कम गर्नका लागि जनचेतना अभिवृद्धि, पूर्व तयारी, विपद् उत्थान पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
गत मनसुनमा काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न ठाँउमा बाढी र पहिराले धेरै सडक अवरुद्ध हुँदा निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आकस्मिक रुटका रुपमा प्रयोग गरिएको स्मरण गर्दै राजदूत युताकाले विपद् उत्थान पूर्वाधार निर्माणबाट प्राकृतिक प्रकोपको समयमा राहत र उद्धारमा समेत सहयोग पुग्ने बताए।
“जापान र नेपाल दुवै भूकम्पीय र हिमाली देश हुन् । दुवै देशले हरेक वर्ष जसो समान किसिमको प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको प्रभाव भयावह बन्दै गएको छ”, राजदूत युताकाले भने, “विपद् प्रतिरोध पूर्वाधारको निर्माणसँगै पूर्वतयारी र जनचेतनाले यसबाट हुने क्षति कम गर्न सकिन्छ ।”
जुआनका अध्यक्ष डा सुनिल बाबु श्रेष्ठले विपद्को पूर्वतयारी, प्रारम्भिक चेतावनी प्रणाली र प्रकोप सामना गर्ने क्षमता अभिवृद्धिका लागि अपनाइने अभ्यासका विषयमा गोष्ठी आयोजना गरिएको जानकारी दिए । उनले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको जोखिमका विषयमा दीर्घकालीन समाधान खोज्न यस गोष्ठीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण