यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा सहभागिता जनाउन नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।
आइतबार घोषित १५ सदस्यीय टोलीको कप्तानमा हेमन्त धामी रहेका छन् । टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल (उप–कप्तान), आकाश त्रिपाठी, उत्तम रंगु थापामगर र मयान यादव रहेका छन् ।
यसैगरी, नरेन साउद, युनिशबिक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, यवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रंजित कुमार पनि टोलीमा छन् ।
यू–१९ एसिया कपका लागि हालै नेपाली टोलीले घरेलु मैदानमा भारतको कर्नाटन टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । पाँच एकदिवसीय खेलको शृङ्खलामा नेपाल ३–२ ले विजयी भएको थियो ।
पुरुष यू–१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित आठ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई समूहमा विभागन गरिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलङ्कासँग खेल्नेछ ।
यसैगरी, नेपाली टोलीले आफ्नो दोस्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
दुवै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण