कम्बोडिया पुगेर सीके राउतले गरे प्रधानमन्त्री ओलीको आलोचना
काठमाडौँ । एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । शनिबार कोम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटेपछि जनमतका अध्यक्ष राउतले सो गुनासो गरेका हुन् ।
हुन सेनसँगको भेटपछि उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचोसँग भेटवार्ता, बरू नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’
प्रधानमन्त्री ओली नेतृत्वको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी पनि रहेको छ । जनमत पार्टीले ओली नेतृत्वको संघ सरकारलाई समर्थन जनाएका छ भने मधेस प्रदेश सरकारको नेतृत्व गरेको छ । सत्ताधारी दलकै अध्यक्ष राउतले देशका प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो कम्बोडियामा गएर गरेका छन् । त्यसमा पनि त्यहाँका प्रधानमन्त्री हुन सेनसँगको तस्बिर राखेर टिप्पणी गरेकोमा त्यसको आलोचना भइरहेको छ ।
अध्यक्ष राउतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको बेला पनि यस्तै टिप्पणी गरेका थिए । सञ्चारमाध्यममार्फत उनले आफूले प्रधानमन्त्रीसँग भेट्न नपाएको गुनासो गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि अध्यक्ष राउतले ओली नेतृत्वको सरकारलाई आलोचना गरेका थिए । त्यसरी आलोचना गरेपछि प्रधानमन्त्री ओलीले राउतलाई बोलाएर नै स्पष्टीकरण लिएका थिए । सत्ता गठबन्धनको बैठकमा समेत प्रधानमन्त्री ओलीले राउतलाई प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण