सायरा बानोले भनिन्- एआर रहमान संसारकै राम्रो पुरुष
नयाँ दिल्ली । भारतीय संगीतकार एआर रहमानकी पत्नी सायरा बानोले आफ्नो नयाँ बयान जारी गरेकी छिन् । रहमान दम्पत्तिले सम्बन्ध टुटेको घोषणा गरेको पाँच दिनपछि उनले आफूहरूबिचको सम्बन्धबारे केही बोलेकी छिन् ।
रहमानको छविलाई धमिलो नगर्न पनि सायराले सबैलाई आग्रह गरेका छिन् । रहमान र उनको परिवारलाई चोट नपुर्याउन पनि उनले युट्यूबर्स र सञ्चारमाध्यमहरूसँग बिन्ती गरेकी छिन् । यसै क्रममा सायराले पनि आफ्नो स्वास्थ्यबारे बताएकी छिन् ।
लामो समयदेखि घरमै छिन् सायरा
आइतबार एक अडियो बयानमा उनले आफू लामो समयदेखि घरमा बस्दै आएको बताएकी छिन् । सायराले भनिन्, ‘म सायरा रहमान, म अहिले मुम्बईमा छु । म विगत केही महिनादेखि यहीँ छुँ । लामो समयदेखि यस्तै जीवन बिताइरहेको कारण मैले सम्बन्धविच्छेद गरेकी हुँ । उनी संसारको सबैभन्दा राम्रो व्यक्ति हुन् । मेरो स्वास्थ्य समस्याको कारण म चेन्नई जान सकिन ।’
आफू चेन्नईमा छैन भने सायरा कहाँ छिन् भनेर मानिसहरूलाई अचम्म लाग्ने अनि मुम्बईमा बसेर आफूले उपचार गराइरहेको पनि उनले बताइन् ।
संसारको सबैभन्दा राम्रो मान्छे
सायराले आफ्ना श्रीमान् एआर रहमानलाई ‘विश्वको सबैभन्दा राम्रो मान्छे’ भनेकी छिन् । यो कठिनतम समयमा दुवैको गोपनीयता राखिदिन पनि उनले अनुरोध गरेकी छिन् ।
रहमान र आफू अहिले पनि प्रेममा रहेको र उनीहरूको निर्णय शतप्रतिशत आपसी रहेको पनि उनले बताइन् । ‘उनी असल व्यक्ति हुन् । उनी जस्तो छन्, त्यस्तै रहन दिनुस् । म उनलाई निकै माया गर्छु । उनको नाम कलङ्कित गर्नुपर्ने आवश्यक छैन ।’ अझ अगाडि उनले भनेकी छिन् ।
यो कारण गर्न लागेको हो सम्बन्ध विच्छेद
सायरा र रहमानको वकिल हालै यी दुईले आफ्नो २९ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्न लागेको बताएकी थिइन् । ‘विवाहको यति वर्षपछि पनि सम्बन्ध विच्छेद गर्न गाह्रो भइरहेको छ, भावनात्मक अवस्थाका कारण यो निर्णय लिएको हो ।’ वकिलले भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण