पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो बताएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै खनालले भने, ‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो ।’ खनालले चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुने आफूहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
त्यस्तै उनले नेपालको प्रधानमन्त्रीले कुनै एउटा देश विशेषबाट भ्रमण सुरु गर्नुपर्छ भनेर भएको चर्चा सदाका लागि बन्द गर्नुपर्ने सुझाव दिएको पनि बताए । ‘सार्वभौम देश नेपालले आवश्यकताअनुसार जुनसुकै देशको भ्रमण गर्न सक्छ’, खनालले आफूले दिएको सुझावबारे बताए ।
त्यस्तै उनले संसारमा दोस्रो शक्तिशाली राष्ट्रका रूपमा उदाएको चीनबाट नेपालले लाभ प्राप्त गर्ने भिजनका साथ अघि बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई भ्रमणका पनि यो विषय दिमागमा राख्न सुझाव दिएको बताए । साथै उनले चीनसँगको पारवहन, बिजुली निर्यात लगायतका विषयमा पनि चीनसँग थप सहमति र सम्झौता गर्न सके नेपाल लाभान्वित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण