जनमतका नेताहरू जसपामा प्रवेश
वीरगन्ज । जनमत पार्टीका केन्द्रीय सचिव तथा पर्सा जिल्ला सह–इन्चार्ज र जिल्ला सचिव लगायत नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
आइतबार वीरगन्जमा आयोजित एक विशेष कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह–इन्चार्ज मुकेश द्विवेदी र जिल्ला सचिव शशी पाण्डेसहितका नेताहरूले जसपामा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पार्टीमा स्वागत गरेका छन् ।
नवप्रवेशहरूमा वीरगन्ज महानगरपालिका कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी, र वीरगन्ज महानगरपालिका–१ का एकाइ सभापति चन्दन साह कानु पनि रहेका छन् ।
पार्टी प्रवेशलाई ऐतिहासिक क्षण बताउँदै मन्त्री यादवले पार्टीको विचार र उद्देश्यलाई आत्मसात् गर्दै जसपा प्रवेश गरेकाहरूकी सहभागिताले सङ्गठन थप सुदृढ र प्रभावकारी बनेको बताए ।
जसपाको केन्द्रीय उपमहासचिव समेत रहेका मन्त्री यादवले जनताको भावनालाई सम्बोधन गर्न र समृद्ध नेपालको परिकल्पना साकार पार्न नवप्रवेशहरूको सक्रियता अपेक्षित रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण