बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा

मङ्गलबार, ११ मङ्सिर २०८१, १४ : १९
मङ्गलबार, ११ मङ्सिर २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमा उद्योगमा यो वर्षको पहिलो महिना ‘हनुमान’ फिल्मले देशविदेशमा जस्तो हलचल मच्चायो त्यस्तो हलचल वर्षको अहिलेसम्मको अवधिमा अरू कुनै पनि फिल्मले गराएन ।

जुनियर एनटीआर, सैफ अली खान र जान्हवी कपूरको जादू ‘देवरा’ले पनि जादू चलाउन सकेन । सूर्या र बबी देओलको ‘कंगुवा’ले दर्शकलाई लोभ्याउन सकेनन् । ‘मटका’ लिएर ठूलो पर्दामा आएका वरुण तेज, मीनाक्षी चौधरी र नोरा फतेहीले न तेलुगुमा सफलता पाए न हिन्दीमा । समग्रमा तमिल फिल्म ‘अमरन’ले इज्जत ढाकिदियो । यतिबेला सबैले पुष्पा २ बाट धेरै आश गरेका छन् । फिल्मको टालटुले अर्थात् प्याच अप सुटिङ सकिएको छ ।

निर्देशक सुकुमारको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को छायांकन सुरुदेखि नै सामान्य गतिमा अघि बढ्न सकेको छैन । अल्लु अर्जुन र सुकुमारबिच कहिलेकाहीँ मतभेदको खबर पनि आएको थियो । अल्लु अर्जुनले आफ्नो गेट अप फेरेको अनि अभिनेता र निर्देशक छुट्टाछुट्टै बिदा मनाउन विदेश गएकोबारे पनि निकै चर्चा भयो । कुनै न कुनै तरिकाले यो मामिला सुल्झियो र फिल्मका खलनायक फहद फासिलको मिति मात्र नमिलेको खुलासा भयो । फिल्म सुरुमा यही वर्षको अगस्ट १५ मा रिलिज हुने भनिएको थियो । तर अब यसलाई डिसेम्बरमा हलमा उतार्ने तयारी भइरहेको छ ।

चलचित्रको प्रचारप्रसार सुरु भएको छ । अल्लु अर्जुन फिल्मको ट्रेलर र गीतलाई लिएर पटना र चेन्नईमा घुमेर आइसकेका छन् । देवी श्री प्रसाद उर्फ ​​डीएसपीसँगै अन्य धेरै संगीतकारहरू फिल्मको पाश्र्व संगीतमा काम गरिरहेका छन् । यी सबैका बिचमा निर्देशक सुकुमार फिल्मको पोस्ट प्रोडक्सनमा व्यस्त छन् । अभिनेत्री श्री लीलालाई लिएर छायांकन गरिएको फिल्मको आइटम गीतमा सामन्थाको गीत ‘ऊ अन्तावा’ले छैन ।

जानकारीका अनुसार चलचित्र ‘पुष्पा २’ को प्याचवर्कको अन्तिम छायांकन सोमबार सकिएको छ । प्याचवर्कको छायांकन अघि बढ्दै गएपछि चलचित्रको रिलिज डिसेम्बर ५ देखि अगाडि सर्न सक्ने चर्चा पनि सुरु भएको थियो । तर अब भने फिल्म डिसेम्बर ५ मै रिलिज हुने भएको छ । सोमबार अबेर रात सुटिङ फुटेज हेरेपछि फिल्मको टिमले बैठक बसेको थियो । बैठकका अनुसार फिल्मलाई यसअघि तय भएको मिति अर्थात् डिसेम्बर ५ मै रिलिज गरिनेछ । निर्देशक सुकुमारले महिनाको अन्त्यसम्ममा फिल्मको पहिलो प्रति सेन्सरलाई दिने वाचा गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप