सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
मङ्गलबार, ११ मङ्सिर २०८१, १६ : ११
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई सरकारले विस्तार गर्ने घोषणा गरेका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरेका हुन् ।
संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जबाफदेही हुने भन्दै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबी र पछौटेपना नभएको तथा आधुनिक, विकसित र समृद्धि बनाउने बताए ।
कार्यक्रममा कोषअन्तर्गत बढी योगदान दाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण