सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
मङ्गलबार, ११ मङ्सिर २०८१, १६ : ११

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई सरकारले विस्तार गर्ने घोषणा गरेका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरेका हुन् ।
संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जबाफदेही हुने भन्दै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबी र पछौटेपना नभएको तथा आधुनिक, विकसित र समृद्धि बनाउने बताए ।
कार्यक्रममा कोषअन्तर्गत बढी योगदान दाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो