रसुवा र ललितपुर खेलकुद विकास समितिको अध्यक्ष नियुक्त

हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दुई जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद परिषद्ले रसुवा र ललितपुरको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।
परिषद्का सदस्य सचिव दीपक लामाले जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्षमा विराज लोप्चनलाई नियुक्त गरेका छन् भने ललितपुर अध्यक्षमा विनोद महर्जनलाई नियुक्त गरेका छन् । फुटबल खेलमा आबद्ध लोप्चन एमालेको कोटाबाट जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्ष बनेका हुन् भने कराँतेका महर्जन कांग्रेसको कोटाबाट ललितपुर अध्यक्ष बनेका हुन् ।
महर्जन यसअघि पनि सोही पदमा नियुक्त भई २ वर्ष काम गरिसकेका छन् । उनी २०७८ चैतमा सो पदमा नियुक्त भएका थिए । २ वर्षे कार्यकाल रहेका बखत उनी नियुक्त भएका उनलाई पुनः अध्यक्ष पदमा नियुक्त गरिएको हो । हाल जिल्ला खेलकुद विकास समितिको कार्यकाल ४ वर्ष कायम गरिएको छ ।
सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिको निर्णय गरेको हो । प्रदेश खेलकुद विकास परिषद् ऐनको व्यवस्था अनुसार बोर्ड बैठकले गरेको निर्णयका आधारमा सदस्य सचिवले समितिका अध्यक्षहरू नियुक्त प्रदान गर्न सक्ने प्रावधान रहेको छ ।
प्रदेशका १३ मध्ये ५ जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष भने नियुक्त हुन बाँकी रहेको छ । सत्ता साझेदार दलबिच सहमति गरेर दोलखा, रामेछाप, भक्तपुर चितवन र नुवाकोटको अध्यक्ष नियुक्त गर्ने तयारी भइरहेको सदस्य सचिव लामाले बताए ।
उनका अनुसार अन्य जिल्लाको अध्यक्ष भने यसअघि नै भइसकेको छ । गत असार १४ मा तत्कालीन सदस्य सचिव सूर्यलाल भण्डारीले मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौँ र सिन्धुपाल्चोकको अध्यक्ष नियुक्त गरेका थिए । सत्तारुढ दल माओवादी केन्द्रबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ जनालाई अध्यक्ष पदमा नियुक्ति गरिएको थियो ।
राजनीतिक भागबण्डाका आधारमा माओवादी केन्द्रले मकवानपुर, धादिङ, काभ्रे र सिन्धुपाल्चोकको अध्यक्ष लिएको थियो भने एकीकृत समाजवादीले सिन्धुली र काठमाडौँमा नियुक्ति लिएको थियो । काठमाडौँमा सानुभाइ बलामी, सिन्धुपाल्चोकमा रामकृष्ण दंगाल, काभ्रेमा मानवीर वाइवा, मकवानपुर राज मोक्तान, धादिङ प्रतापसिंह तामाङ र सिन्धुली अध्यक्षमा वीरबहादुर थिङ नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला
-
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू