रसुवा र ललितपुर खेलकुद विकास समितिको अध्यक्ष नियुक्त
हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दुई जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद परिषद्ले रसुवा र ललितपुरको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।
परिषद्का सदस्य सचिव दीपक लामाले जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्षमा विराज लोप्चनलाई नियुक्त गरेका छन् भने ललितपुर अध्यक्षमा विनोद महर्जनलाई नियुक्त गरेका छन् । फुटबल खेलमा आबद्ध लोप्चन एमालेको कोटाबाट जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्ष बनेका हुन् भने कराँतेका महर्जन कांग्रेसको कोटाबाट ललितपुर अध्यक्ष बनेका हुन् ।
महर्जन यसअघि पनि सोही पदमा नियुक्त भई २ वर्ष काम गरिसकेका छन् । उनी २०७८ चैतमा सो पदमा नियुक्त भएका थिए । २ वर्षे कार्यकाल रहेका बखत उनी नियुक्त भएका उनलाई पुनः अध्यक्ष पदमा नियुक्त गरिएको हो । हाल जिल्ला खेलकुद विकास समितिको कार्यकाल ४ वर्ष कायम गरिएको छ ।
सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिको निर्णय गरेको हो । प्रदेश खेलकुद विकास परिषद् ऐनको व्यवस्था अनुसार बोर्ड बैठकले गरेको निर्णयका आधारमा सदस्य सचिवले समितिका अध्यक्षहरू नियुक्त प्रदान गर्न सक्ने प्रावधान रहेको छ ।
प्रदेशका १३ मध्ये ५ जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष भने नियुक्त हुन बाँकी रहेको छ । सत्ता साझेदार दलबिच सहमति गरेर दोलखा, रामेछाप, भक्तपुर चितवन र नुवाकोटको अध्यक्ष नियुक्त गर्ने तयारी भइरहेको सदस्य सचिव लामाले बताए ।
उनका अनुसार अन्य जिल्लाको अध्यक्ष भने यसअघि नै भइसकेको छ । गत असार १४ मा तत्कालीन सदस्य सचिव सूर्यलाल भण्डारीले मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौँ र सिन्धुपाल्चोकको अध्यक्ष नियुक्त गरेका थिए । सत्तारुढ दल माओवादी केन्द्रबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ जनालाई अध्यक्ष पदमा नियुक्ति गरिएको थियो ।
राजनीतिक भागबण्डाका आधारमा माओवादी केन्द्रले मकवानपुर, धादिङ, काभ्रे र सिन्धुपाल्चोकको अध्यक्ष लिएको थियो भने एकीकृत समाजवादीले सिन्धुली र काठमाडौँमा नियुक्ति लिएको थियो । काठमाडौँमा सानुभाइ बलामी, सिन्धुपाल्चोकमा रामकृष्ण दंगाल, काभ्रेमा मानवीर वाइवा, मकवानपुर राज मोक्तान, धादिङ प्रतापसिंह तामाङ र सिन्धुली अध्यक्षमा वीरबहादुर थिङ नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण