वारेन बफेटले दान दिए १.१ अर्ब डलर
वासिङ्टन डिसी । अमेरिकी अर्बपति व्यापारी तथा प्रमुख लगानीकर्ता वारेन बफेटले १ अर्ब १० करोड डलर दान दिएका छन् । आफ्नो जीवनकाल र त्यसपछि पनि आफ्नो अधिकांश सम्पत्ति दान दिन्छु भनेर विगतमा गरेको वाचा अनुसार उनले कयौँ संघ संस्थाहरूलाई यो रकम दान दिएका हुन् ।
बर्कशायर ह्याथवेका शेयरधनीहरूलाई लेखेको आफ्नो पछिल्लो पत्रमा ९४ वर्षीय बफेटले जीवनको अनिश्चिततामा गहिरो व्यक्तिगत विचार व्यक्त गर्दै मृत्युपछि आफ्ना सम्पत्तिको वितरणको विस्तृत योजना साझा गरेका थिए ।
बफेटले बर्कशायर ह्याथवेको ए वर्गको १ हजार ६०० कित्ता शेयरलाई बी श्रेणीको २४ लाख कित्ता शेयरमा रूपान्तरण गर्ने र यी शेयरहरू चार पारिवारिक संस्थाहरूलाई वितरण गर्ने घोषणा गरेका छन् । बफेटले १५ लाख कित्ता शेयर सुसान थम्पसन बफेट फाउन्डेसन दिने भएका छन् । बाँकी रहेको शेयर मध्ये ३÷३ लाख कित्ता शेयर शेरवुड फाउन्डेसन, जी बफेट फाउन्डेसन र नोभो फाउन्डेसनलाई दिने भएका छन् ।
यो दानपछि बर्कशायरमा बफेटको ए श्रेणीको शेयर स्वामित्व घटेर २ लाख ६ हजार ३६३ कित्तामा झरेको छ । बफेटले सन् २००६ मा आफ्ना सारा सम्पत्तिको अधिकां हिस्सा दान गर्ने प्रतिज्ञा गरेका थिए । पछिल्लो दान यो प्रतिज्ञा पूरा गर्ने बाटोमा महत्त्वपूर्ण कदम हो ।
त्यो प्रतिज्ञा गरेयता बफेटले बर्कशायरमा आफ्नो सेयरको लगभग ५७ प्रतिशत शेयर दान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
-
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित
-
प्रदेशका तीन सडक समस्याग्रत घोषित
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म