‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
बुधबार, १२ मङ्सिर २०८१, १६ : ०१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको थियो । तर बुधबारको सेयर बजारमा त्यसको कुनै असर देखिएको छैन ।
उल्टै कर्णालीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बुधबार कर्णाली विकास बैंकको मूल्य ७६.९० रुपैयाँ बढ्दै प्रतिकित्ता ८४५.९० कायम भएको छ । मंगलबार बजार बन्द हुँदा यसको मूल्य ७६९ रुपैयाँ थियो । बुधबार यो बैंकको २ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...
-
बेंगलुरु र चेन्नईको खेलमा अम्पायरको चर्चा किन ?
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’