गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक

काठमाडौँ । गायिका लक्ष्मी आचार्यले भारतको धारचुला मनुस्यारी क्षेत्रमा आयोजित ‘जोलजीबी ऐतिहासिक मेला २०२४’मा दर्शक नचाएकी छन् । मेलामा साङ्गीतिक प्रस्तुति दिन पुगेकी आचार्यले नेपाली तथा हिन्दी गीतसंगीतबाट त्यहाँका दर्शक नचाएकी हुन् ।
‘लाई हेर कालो टिको’, ‘भन् साली तेरी दिदी कहाँ छ’, ‘भिटामिन’ जस्ता चर्चित गीतका गायिका आचार्य कार्यक्रममा आफ्नो चर्चित गीतको अलावा केही हिन्दी गति समेत गाएकी थिइन् ।
कार्यक्रममा गायिका आचार्यको अलावा गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्ले, कमलजित ढकलियाल, कैलास कुमारलगायतको समेत संगीतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा दर्शकले नेपाली गीतसंगीत र गायक गायिकालाई दिएको माया आफुले कहिल्यै भुल्न नसक्ने गायिका आचार्यले बताइन् । ‘मैले धेरै ठाउँमा संगीतिक प्रस्तुति दिएकी छु । यो कार्यक्रम मेरो लागि सधै बिशेष रहनेछ’ आचार्यले भनिन् ।
कार्यक्रममा धारचुलाका विधायक हरिस धामी, कर्ननल समरजित सिंह, लेफ्टिनेन्ट कर्नर मोहन जोशी, मेजर रनधावा लगायतको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
-
त्रिविले फास्ट ट्र्याकबाट कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?