गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
काठमाडौँ । गायिका लक्ष्मी आचार्यले भारतको धारचुला मनुस्यारी क्षेत्रमा आयोजित ‘जोलजीबी ऐतिहासिक मेला २०२४’मा दर्शक नचाएकी छन् । मेलामा साङ्गीतिक प्रस्तुति दिन पुगेकी आचार्यले नेपाली तथा हिन्दी गीतसंगीतबाट त्यहाँका दर्शक नचाएकी हुन् ।
‘लाई हेर कालो टिको’, ‘भन् साली तेरी दिदी कहाँ छ’, ‘भिटामिन’ जस्ता चर्चित गीतका गायिका आचार्य कार्यक्रममा आफ्नो चर्चित गीतको अलावा केही हिन्दी गति समेत गाएकी थिइन् ।
कार्यक्रममा गायिका आचार्यको अलावा गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्ले, कमलजित ढकलियाल, कैलास कुमारलगायतको समेत संगीतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा दर्शकले नेपाली गीतसंगीत र गायक गायिकालाई दिएको माया आफुले कहिल्यै भुल्न नसक्ने गायिका आचार्यले बताइन् । ‘मैले धेरै ठाउँमा संगीतिक प्रस्तुति दिएकी छु । यो कार्यक्रम मेरो लागि सधै बिशेष रहनेछ’ आचार्यले भनिन् ।
कार्यक्रममा धारचुलाका विधायक हरिस धामी, कर्ननल समरजित सिंह, लेफ्टिनेन्ट कर्नर मोहन जोशी, मेजर रनधावा लगायतको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण