अवैध आप्रवासन रोक्न सहमत भएको ट्रम्पको दाबीबारे के भन्छिन् मेक्सिकोकी राष्ट्रपति ?
मेक्सिको सिटी । अमेरिकामा हालै राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सीमामा अवैध आप्रवासन रोक्न मेक्सिकोको नेतासँग आफूले सम्झौता गरेको भनेर भनेका थिए । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले उनको यो दाबीबारे प्रतिक्रिया दिएकी छिन् ।
बुधबार फोनमा कुराकानी भएपछि ट्रम्पले अनलाइनमा एउटा पोस्ट गर्दै शेइनबमले मेक्सिको भएर अमेरिकातिर हुने आप्रवास रोक्न र दक्षिण सीमा प्रभावकारी ढङ्गले बन्द गर्न सहमति जनाएको बताएका थिए ।
उनको यो पोस्टपछि शेइनबमले पनि मेक्सिको सीमा बन्द गर्ने स्थितिमा नभएको अभिव्यक्ति दोहोर्याउँदै मानव अधिकारलाई सम्मान गर्दै आप्रवासनको समस्यालाई सम्बोधन गर्ने चाँहि बताइन् । सोमबार ट्रम्पले सीमाबाट अवैध आप्रवासी आउने क्रम नरोकिए जनवरीमा पदभार सम्हालेपछि मेक्सिको र चीनबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए ।
गैरकानूनी आप्रवासन र लागू औषध तस्करी रोकिएपछि मात्रै अतिरिक्त महसुल हटाइने उनले भनेका थिए । फेन्टालिन नाम गरेको लागू औषधको तस्करीको मामिलामा कारबाही नगरेसम्म चीनलाई पनि १० प्रतिशत अतिरिक्त महसुल लगाउने धम्की ट्रम्पले दिएका थिए । अमेरिकाले व्यापार युद्ध छेड्यो भने आफूले पनि यसको प्रतिकार गर्ने बुधबार शेइनबमले भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण