मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले करिब ११ करोड रुपैयाँको बजेटसहित आफ्नो वार्षिक खेलकुद कार्यक्रम सार्वजनिक गरेको छ । एकेडेमीले बिहीबार काठमाडौँमा पत्रकारसम्मेलन आयोजना गरी आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
एकेडेमीले आफ्नो पहिलो कार्यक्रमका रूपमा पुस १७ देखि २४ गतेसम्म बुटवलमा १६आँै स्थापन दिवसको अवसरमा मदन भण्डारी कप इन्डो–नेपाल पुरुष भलिबल प्रतियोगिता आयोजना गर्नेछ । उक्त प्रतियोगिताको कुल बजेट एक करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार, एकेडेमीले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा आफ्नो वार्षिक कार्यक्रम सुरु गर्दै आएको छ । एकेडेमीले दोस्रो कार्यक्रमका रूपमा पुस २८ देखि माघ ५ गतेसम्म काठमाडौँमा मदनभण्डारी कप विश्वविद्यालय स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिताको कुल बजेट २६ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
यसैगरी, तेस्रो कार्यक्रमका रूपमा माघ ७ देखि ९ गतेसम्म ललितपुरमा मदन भण्डारी कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्नेछ । उक्त प्रतियोगिताको कुल बजेट ३४ लाख रुपैयाँ रहेको छ ।
यसका अतिरिक्त एकेडेमीले टेबलटेनिस, बास्केटल, फुटबल, फुल कन्ट्याक्ट कराँते, कराँते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, बुद्धिचाल, आर्चरी, कबड्डी, छेलो, हकीलगायतका प्रतियोगिता पनि आयोजना गर्नेछ ।
प्रतियोगिताको कुल बजेट १० करोड ६६ लाख ९७ हजार सात सय ४४ रुपैयाँ रहेको एकेडेमीले जनाएको छ । एकेडेमीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा पनि दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रधानमन्त्री ओलीको नाममा केपी ओली कप राष्ट्रिय क्रिकेट र केपी ओली कप राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ । ओली एकेडेमीका संरक्षक र अवधारणाकार भएकाले पनि उनको नाममा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी अध्यक्ष आचार्यले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण